Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ च्याम्पियनसिप: उपाधिका लागि नेपालले भारतसँग खेल्दै


    शनिबार, असोज ३० २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि नजितेको नेपाललाई आज उपाधि जितेर च्याम्पियन बन्ने अवसर प्राप्त भएको छ। अहिलेसम्म फाइनल पनि पुग्न नसकेको नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै ऐतिहासिक रेकर्ड राखेको थियो ।

    प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको नेपालले भारतसँग भने १–० को हार बेहोरेको थियो । नेपालले फाइनलमा भारतको सामना गर्दैछ । उक्त खेल नेपाली समयानुसार बेलुका ९:४५ बजे हुदैछ। 

    फरक फरक नामले आयोजना हुँदै आएको साफ च्याम्पियनसिपको पहिलो संस्करण सन् १९९३ पाकिस्तानमा भएको थियो । त्यति बेला साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाममा आयोजना भएको थियो । झण्डै ३ दशक लामो इतिहास बोकेको २००८ बाट भने साफ च्याम्पिनसिपको नामबाट आयोजना हुँदै आएको छ । विगतामा ८ राष्ट्रको सहभागिता रहने गरेको च्याम्पिननसिपमा ५ राष्ट्र च्याम्पियन बनेका छन्।

    साफ च्याम्पियनसिपको इतिहास

    पाकिस्तान ( जुलाई १६–२३,१९९३) , सार्क गोल्डकप
    श्रीलंका, (२५ मार्च– २ अप्रिल,१९९५ ) सार्क गोल्डकप (सार्क व्रिस्टोल गोल्डकप)
    नेपाल, ४ सेप्टेम्बर–१३ सेप्टेम्बर, १९९७ (सार्क गोल्डकप)
    भारत, २२ अप्रिल– १ मे, १९९९ (सार्क गोल्डकप, साफ कोकाकोला कप)
    बंगलादेश, १०–२० जनवरी २००३ (सार्क गोल्डकप)
    पाकिस्तान, ७–१७ डिसेम्बर,२००५ (सार्क गोल्डकप)
    माल्दिभ्स/श्रीलंका ,३–१४ जुन, २००८ (साफ च्याम्पियनसिप)
    बंगलादेश , ४–१३ डिसेम्बर, २००९ (बंगबन्धु साफ च्याम्पियनसिप)
    भारत, डिसेम्बर २–११,२०११ (कार्बन साफ च्याम्पियनसिप)
    नेपाल, अगष्ट ३१–११ सेप्टेम्बर,२०१३ (साफ च्याम्पियनसिप)
    भारत, २३ डिसेम्बर २०१५ – ३ जनवरी,२०१६ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप)
    बंगलादेश, ४–१५ सेप्टेम्बर २०१८ (साफ च्याम्पियनसिप, साफ सुजुकी कप )

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार