Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानको मस्जिद विष्फोटमा मृत्यु हुनेको संख्या ३२ पुग्यो


    शुक्रबार, असोज २९ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएका बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन् । 

    शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन् ।  घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । 

    मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन् । 

    दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन् । 

    प्रार्थनको समयमा बिस्फोट गराइएको थियो । बिस्फोटनको कारण केही खुलेको छैन् । त्यस्तै, बिस्फोटको जिम्मा पनि कुनै समूहले लिएको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार