Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २० वर्षपछि ‘गदर’ को सिक्वेल घोषणा


    शुक्रबार, असोज २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर- एक प्रेम कथा’ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्यो । 

    १५ जुन २००१ मा रिलिज भएको फिल्मको लागत १७ करोड थियो भने धेरै राम्रो व्यापार गरेको थियो । यसलाई ’ब्लकबष्टर’ फिल्मको लिस्टमा राखिन्छ । 

    अनिल शर्माको निर्देशनमा तयार भएको फिल्ममा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने घोषणा गरिएको छ । केही समयदेखि नै सिक्वेल बन्ने चर्चा भए पनि घोषणा भने भएको थिएन । 

    फिल्ममा सनीसँगै अमिषा पटेलको पनि अभिनय रहनेछ भने सिक्वेललाई पनि अनिल शर्माले नै निर्देशन गर्नेछन् । यसपटक थपिएका छन्, उत्कर्ष शर्मा । उनी निर्देशक अनिलका छोरा हुन् । फिल्मको कथा पहिलो भागसँगै जोडिएर अगाडि बढ्ने बताइएको छ ।

    फिल्ममा सनी र अमिषासँगै नयाँ पुस्ताको लभ स्टोरीलाई देखाइनेछ । सिक्वेलमा भित्रिएका उत्कर्ष सनी र अमिषाको छोराको भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा प्रदर्शनमा आउनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार