Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तालिवानले भाडा घटाउन दबाब दिएपछि पाकिस्तानले रोक्यो काबुल उडान 


    शुक्रबार, असोज २९ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इस्लामावाद । पाकिस्तानको सरकारी ध्वजाबहाक विमान पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) ले काबुल उडान रोकेको छ । तालिवान अधिकारीले हस्तक्षेप गरेको कारण देखाउँदै पीआईएले आफ्नो उडान स्थगित गरेको शुक्रबार जनाएको छ । 

    तालिवान सरकारले पीआइएलाई यसअघि पश्चिमा सरकार ढल्नुअघिको भाडा दर घटाउन दबाब दिएपछि एयरलाइन्सले हवाई सेवा स्थगित गरेको जनाएको छ । पीआईए अफगानिस्तानको राजधानी काबुलबाट अन्तर्राष्ट्रिय उडान गर्ने एक मात्र एयरलाइन्स हो । 

    ‘काबुलका उड्यन प्राधिकरणका अव्यवसायिक अधिकारीहरुको व्यवहारले हाम्रो उडानमा बारम्बार ढिलाई हुने गरेको थियो,’ पीआइएका प्रवत्ता अब्दुल्लाह हफेज खानले भने । 

    अवस्था सामान्य नहुन्जेल काबुल इस्लामावाद उडान स्थगित गरिने उनले प्रष्ट पारे । उडान सञ्चालनमा तालिवान अधिकारीहरु जहिले पनि असहयोगी बनेको र एकपटक तालिवान लडाकुले पीआईएका कर्मचारीलाई दुव्र्यबहार गरेको पाकिस्तानले आरोप लगाएको छ । यसअघि तालिवानले भाडदर समायोजन नगरे पीआईए र अफगानिस्तानको विमान सेवा काम एयरको उडान अबरोध गर्ने चेतावनी दिएको थियो । 

    काबुलदेखि अन्य अन्य अन्तर्राष्ट्रिय उडान बन्द भएपछि इस्लामावादबाट काबुलसम्मको भाडदर एजेन्टले २५ सय डलरसम्ममा बिक्री गरेका थिए । यही १५ अगस्टमा तालिवानले काबुल कक्जा गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार