Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताप्लेजुङमा जिप दुर्घटना हुँदा गर्भवती महिलासहित १८ जना घाइते, ९ को अवस्था गम्भीर


    बिहिबार, असोज २८ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ताप्लेजुङ । ताप्लेजुङमा दसैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

    मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर छन् भने बाँकी सामान्य घाइते भएका छन् ।

    सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप बिहीबार दिउँसो  ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकासमेत छन् । सबै घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र अधिकांस गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

    यता क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार