मोति घिमिरे
धेरै जसो भाइरल बिरामीहरूलाई कुनै पनि विशेष औषधिको आवश्यकता पर्दैन र Self limiting (आत्म सिमित) हुन्छन्, यसको मतलव हाम्रो शरीरमा आफ्नै ‘रोग प्रतिरोधात्मक शक्ति प्रणाली’ जागरूक हुन्छन् र रोगसंँग लड्न सक्छन् ।
भाइरस रचनात्मक रूपमा ब्याक्टेरियाहरूभन्दा फरक हुन्छन् । एन्टिबायोटिकले भाइरसलाई मार्न सक्दैन किनकि ब्याक्टेरिया र भाइरस बाँच्ने र पुनः उत्पादन हुने प्रक्रियामा फरक Mechanism हुन्छ । यद्यपि भाइरसको लागि विशिष्ट खालको एन्टिभाइरल औषधि र Vaccines (खोप) हुन्छन् । र, खोपको सहायताले शरीरमा एन्टिबडीहरू उत्पादन गरी हाम्रो प्रतिरक्षा प्रणाली (Immune system) लाई उत्प्रेरित गर्छ,जसले भाइरस सक्रिय भएको पहिचान गर्न सक्दछ र भाइरसले हानी पुर्याउनु अघि हाम्रो शरिरमा भएको एन्टिबडीहरूको सेना परिचालन हुन्छन् र रोग लाग्नु पहिले निस्क्रिय बनाइदिन्छन् ।
हाम्रो शरीरमा जन्मजात प्रतिरक्षा प्रणाली (Immune system) को रूपमा Natural killer cells (प्राकृतिक हत्यारा कोषहरू) हुन्छन् जसले भाइरल संक्रमित कोषहरूलाई अस्वीकृत गरी तिनीहरूलाई नष्ट गर्न ठूलो भूमिका खेल्छन् र हाम्रो शरीरमा संक्रमण हुनबाट जोगाउँछन् । तर उमेर बृद्ध हुँदै जाँदा यी कोषहरू कमजोर भई प्रतिरक्षा गर्न नसक्ने हुँदा भाइरसबाट हुने रूघा खोकीबाट निमोनिया जस्ता संक्रमण हुन जान्छ र ब्याक्टेरियाले समेत आक्रमण गरी शरीरको बिभिन्न भागमा असर पुर्याउँदछ ।
हाम्रो शरिरमा प्रतिरक्षा प्रणाली (Immune system) का यति धेरै प्रकारका (Cells) कोषहरू छन् कि जसले धेरै प्रकारका ब्याक्टेरीया र भाइरसहरूसँग सामना गर्छन् र हामीलाई रोग लाग्नबाट जोगाउँछन् । कति कोषहरू छन् वा कस्ता कोषहरूको मिश्रणले कुन प्रतिरोधात्मक प्रणालीको स्तर कायम गर्छ भन्ने कसैलाई थाहा छैन जसको प्रमाण विकसित भनिएका देशहरू अहिले Corona Virus बाट छटपटाइरहेको कुराले प्रमाणित गर्दछ ।
कुनै रोग नलाग्न अर्थात् Natural Killer Cells (प्राकृतिक हत्यारा कोषहरू) अथवा Immune System Power (रोग प्रतिरोधात्मक क्षमता) मजबुतीको सम्बन्ध मानिस कत्तिको प्रकृतिमय(Natural) भन्नेसंग सम्बन्धित छ ।
विकसित भनिएका मुलुकहरूले विकास त गरे तर विकाससँगै अप्राकृतिक भए । मानिसहरूको जीवनशैली निराशमय बन्यो । जब जीवनशैली अप्राकृतिक एवं निराशमय हुन्छ तब हाम्रो शरीरको Immune System Power (रोग प्रतिरोधात्मक शक्ति) कमजोर हुन्छ र Natural Killer Cells रूपी सिपाहीहरू भाइरसजस्ता बाह्य शत्रूहरूसँग लड्न सक्दैनन् ।
विकसित मुलुक भनाउँदा देशका मानिसहरू प्याक फुड, जंक फुड, डिप फ्रिज फुड, फास्ट फुड जस्ता फुडहरूमा आश्रित भए, अप्राकृतिक भए र जीवनशैली पनि निरशमय छ । फलस्वरूप प्राकृतिक रूपमा हाम्रो शरीरमा हुने Natural Killer Cell नामक सिपाही कमजोर भए, रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो । जति बाह्य हतियारधारी युद्ध लड्न सक्ने भए पनि शरीरमा Corona Virus सँग लड्न सक्ने क्षमता भएन । तर हामी नेपाली उनीहरूको तुलनामा प्राकृतिक छौं खुसी छौं ।
केही अपवाद बाहेक धेरै हदसम्म ताजा तरकारी खान्छौं, मकै भटमास खान्छौं, कोदो–मकै–फापरको रोटी ढिंडो खान्छौं । रोग प्रतिरोधात्मक क्षमता बढाउने बेसार, मर मसलासहितको दाल, भात, तरकारी हाम्रो भोजन छ । त्यसैले हामी प्रकृतिमय छौं र हाम्रो Natural Killer Cell रूपी सिपाही हाम्रो रगतमा बलियो छ । त्यसकारण मलाई लाग्छ हामी नेपालीको शरीरमा Corona Virusले बिजय पाउँदैन पराजय हुनेछ । चिन्ता गर्नुपर्दैन ।
यी माथिका विचारहरु घिमिरेका स्वअध्ययनमा आधारित हुन् । यी उनका ब्यक्तिगत विचार हुन् । चिकित्सा विज्ञानसँंग मेल नखान सक्छन् । कोरोना भाइरसका कारण जनसमुदाय त्रसित भइरहेको समयमा मनोबल दह्रो बनाउन सहयोग पुग्ने खालको घिमिरेको विचारलाई पनि स्थान दिइएको हो ।