Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७९२ जना संक्रमित थपिँदा १४ जनाको मृत्यु, ९१० जना डिस्चार्ज


    मंगलबार, असोज २६ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९१० जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ०६० पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जना गरी ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार भने सोही समयमा १४ जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ४५९ जना होम आइसोलेसनमा र १,०९५ जना होम आइसोलेसनमा छन् ।

    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २५७ पुगेको छ। यसअघि हिजो सोमबार ७८५ जनामा संक्रमण पुष्टि हुँदा ८८८ जना डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार