सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंगलबार दिउँसो जिल्लाको रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो। दुर्घटनामा
२३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लैजाने काम भइरहेको छ,’ प्रहरीले भन्यो, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’ अहिले घाइतेको उद्दार भइरहेको छ। पूर्ण विवरण आउन बाँकी छ।