Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी


    मंगलबार, असोज २६ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

    गोरखाबाट ३: ३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुग्ने छ । फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ ।

     दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको पनि सभागिता रहने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार