Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलबस्तुमा थप ३९ मा कोरोना संक्रमण पुष्टि


    सोमबार, जेष्ठ १९ २०७७
    820
    Shares
  • २ मिनेट पाठ
  • कपिलवस्तु, १९ जेठ । कपिलवस्तुमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले सोमबार जिल्लाका चार वटा नगरपालिकाका ३९ जनामा संक्रमण पुष्टि भएको बताएका छन् ।

    सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा शिवराज नगरपालिकाका मात्रै २६ जना रहेका छन्।

    नगरपालिकाको वडा नम्बर ४ का ११ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, वडा नम्बर ११ का ९, वडा नम्बर ३ का ४ तथा वडा नम्बर ६ र १० का १ र १ जना छन्।

    त्यसैगरी, जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर ८ का ८ जना र वडा नम्बर १० का २ गरी १० जनामा कोरोना संक्रमण देखिएको छ।

     

    सोमबार थपिने बाँकी संक्रमितहरूमा महाराजगन्ज नगरपालिका वडा नम्बर १ र २ का १र१ जना पुरूष छन् भने वाणगंगा नगरपालिका वडा नम्बर ११ का दुई जना महिला रहेको कोरोना फोकल पर्सन थापाले जानकारी दिए।

    संक्रमित सबै १७ देखि ५८ वर्ष उमेर समूहका छन्। संक्रमितमध्ये वाणगंगाका दुई जना महिलाबाहेक अरु ३७ जना पुरूष हुन्।

    यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ३ सय १० पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार