Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्लोरिना बनिन् सुपर डान्सर


    सोमबार, असोज २५ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा रहेका अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् ।

    अभिनेत्री शिल्पा शेट्टी, निर्देशक अनुराग बासु र कोरियोग्राफर गीता कपुर निर्णायक रहेको रियालिटी शोमा आउने हरेक अतिथिहरूले फ्लोरिनाको डान्स र एक्सप्रेसनको चर्चा गर्ने गरेका थिए । 

    ‘फ्लोरिना मात्र होइन, अन्तिम ५ मा रहेका सम्पूर्णले त्यो ट्रफी डिजर्भ गर्थे’, निर्णायक गीताले भनिन् । फ्लोरिनाले आफूलाई शो जिताएर भोट गर्नेलाई धन्यवाद दिएकी छन् । ‘मलाई जिताउने सम्पूर्णलाई धन्यवाद’, उनले शोमा नै सानो प्रतिक्रिया दिएकी छन् ।

    उनले टाइटल जितेसँगै १५ लाख भारु नगद जितेकी छन् भने उनका गुरु तुषारले पनि पाँच लाख भारु नगद जितेका छन् । उनले आफूलाई विश्वास गरेर प्रशिक्षण दिने तुषारलाई समेत धन्यवाद दिएकी छन् ।

    ‘मैले यो पललाई सम्झिनेछु किनकि यो मेरो जीवनको खास पल हो’, फ्लोरिनाले भनिन्, ‘मेरो भविष्य नै नृत्य हो, अब नयाँ स्टाइलमार्फत नृत्यलाई दर्शक समक्ष लैजान्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार