काठमाडाैं । नेकपा एमालेका सदस्य खिमलाल भट्टराईले असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी भएको सर्वोच्च अदालतबाट भएको परमादेशको पोल खुलिसकेको बताएका छन् ।
आज (सोमबार) को राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
‘यो सरकार आएर मामली र ससुराली खुशी भए होला’, उनले भने, ‘तर यो सरकारबाट जनताले केही अपेक्षा गरेका छैनन् ।’
‘परमादेश कसरी आयो भन्ने पनि प्रमाणित भएको छ’, उनले भने, ‘परमादेश जारी हुनु र सर्वोच्चको फैसला आजको राजनीतिक घटना क्रमले स्पष्ट पारेको छ ।’
उनले परमादेशको ढाकछोपका लागि एकजना मन्त्रीले राजीनामा दिएर नहुने बताए । ‘अब पोल खुलिसकेको छ । यही नाटकबाट देश चल्छ ?’, उनले भने, ‘लोकतन्त्र विस्तारै कमजोर हुँदै गएको छ । देश सरकारविहीन अवस्थामा छ । यो सरकारले के गर्छ र माग पनि गर्नु जनताले ?’
उनले प्रधानमन्त्री देउवा सुत्ने बाहेक केही काम नगरेको बताए । ‘प्रधानमन्त्री देउवा बूढानीलकण्ठबाट बालुवाटार आएर सुत्ने काम गरेका छन्’, उनले भने, ‘उनी घरी घरी उठ्छन् अनि हाम्रा राम्रा काम भत्काउँछन् । यो सरकारले न कान सुन्छ, न हेर्न सक्छ न काम नै गर्न सक्छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend