Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपिलवस्तुमा थप ५ जना कोरोनामुक्त


    सोमबार, जेष्ठ १९ २०७७
    705
    Shares
  • १ मिनेट पाठ
  • कपिलवस्तु, १९ जेठ । नेपालमा थप ५ जना कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्।सोमबार बिहान कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।

    कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार उनीहरू रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत् थिए ।आइतबार पनि कपिलवस्तुका तीन जनाले कोरोना जितेर बुटवल स्थित कोरोना आइसोलेसन अस्पतालबाट घर फर्किएका थिए।

    यससँगै कपिलवस्तुमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ पुगेको छ। कुल २ सय ७० संक्रमित रहेको कपिलवस्तुमा अब २ सय ४७ जना विभिन्न आइसोलेसन अस्पतालमा रहेको थापाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार