Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोस्रो एनटिएस कौसी क्वीन–२०७८ को उपाधि राधा ढकाललाई


    आइतबार, असोज २४ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । दोस्रो ‘एनटिएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जितेकी छन् । 

    प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटिएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिएकी हुन् ।

    यहाँ आयोजित समारोहमा उनलाई गत सालकी कौसी क्विन भगवती श्रेष्ठले ताज पहिर्याएका थिए। सो अवसरमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेर, टाइटल स्पोन्सर एनटिएसका सञ्चालक खोजराज कटुवाल, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा, राष्ट्रिय किसान आयोगकी सदस्य जीवन्ती पौडेल, पूर्व कृषि सचिव राजेन्द्र भारीलगायतले पनि उनलाई सम्मान गरेका थिए। ताजसँगै उनले रु ५० हजार बराबरको कौसीमा ग्रीन हाउस उपहार पाएकी छन् ।

    त्यसैगरी ‘फस्ट रनर–अप’ भक्तपुरका विनिता राजभण्डारी, सेकेण्ड रनरअप बनेपाकी विजया मानन्धर भए । त्यस्तै पोखराकी सरस्वती अधिकारी थर्ड रनरअप तथा तनहुँ, व्यास नगरपालिकाकी विमला कार्की ‘फोर्थ रनरअप’ बने।

    कार्यक्रममा अप्रतियोगी पुष्प व्यवसायी भक्तपुरकी राधा मताङ्गीलाई पनि ‘फ्लावर क्विन’को उपाधिले सम्मान गरिएको थियो । फस्ट रनरअपले रु २० हजार, सेकेन्ड रनरअपले रु १५ हजार, थर्ड रनरअपले रु १० हजार तथा फोर्थ रनरअपले रु पाँच हजार बराबरको कौसीखेतीका सामग्री पाएका छन्। प्रतियोगितामा देशभरबाट ७५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष मनोज श्रेष्ठले यस्ता खालका क्रियाकलापले सहरी खेती गर्न सबैलाई आकर्षण गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार