Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लद्दाखमा फेरि चीन-भारतबीच तनाव, सीमानाबाट चिनियाँ सेना नहटे भारतीय सैनिक पनि त्यहीं पठाउने नरावणेको चेतावनी


    आइतबार, असोज २४ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नयाँदिल्ली । भारतीय सेना प्रमुख एमएम नरावणेले लद्दाखस्थित ‘एलएसी’ (लाइन अफ एक्चुअल कन्ट्रोल) मा चीनका सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिक पनि त्यहीँ रहने चेतावनी दिएका छन् ।

    चिनियाँ सेनाले लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा ठूलो मात्रामा भौतिक संरचना निर्माणको काम जारी राखेको छ। चीनको उक्त कदमको विरोध गरेको गर्दै भारतीय सेनापति नरावणेले यस्तो चेतावनी दिएका हुन्। 

    भारतीय सञ्चारमाध्यमका अनुसार सेना प्रमुख नरावणेले भनेका छन्, ‘यदि उनीहरू त्यहीँ बसिरहे भने हामी पनि त्यहीँ बस्ने छौं ।’ एलएसीमा चिनियाँ सेना रहिरहे अवस्था पाकिस्तानी सीमा क्षेत्रको जस्तै हुने चेतावनी नरावणले दिएका छन् ।

    अघिल्लो वर्ष जुनमा लद्दाखस्थित गलवान उपत्याकामा भारतीय सेना र चिनियाँ सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए । तर चीनतर्फको क्षति अहिलेसम्म आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

    गत साता अरुणाचल प्रदेशको तवाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिक आमनेसामने भएका थिए । त्यस क्रममा चीनका २ सय सेना तिब्बत हुँदै भारत प्रवेश गरेको र तीमध्ये केही भारतको नियन्त्रणमा रहेको भारतले दाबी गरेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार