काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।
विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरे पनि याे बर्ष कोरोनाका कारण यस्ताे निर्णय लिएकाे शाहका स्वकीय सचिव फणि पाठकले जानकारी दिए ।
पूर्वराजाले याे बर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिनुका साथै अष्टमीको दिन शक्ति पीठहरुको दर्शन पनि नगर्ने भएका हुन् ।