काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका गजेन्द्र हमाल मुद्दाको बिचौलियासमेत भएको खुलेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हमालले ज्वाई न्यायाधीश भएदेखि नै मुद्दाको बिचौलियाको काम गर्ने गरेको स्रोत बताउँछ । राणा पुनरावेदन हुँदै विशेष अदालत, सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीश भएपछि त झन् उनले ठूला ठूला मुद्दाको बिचौलियाको काम गर्दैआएका छन् ।
बाँकेका हमालले १६ बर्षअघि नेपालगंजको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएका दीपक हेमकर परिवारका ५ सदस्यको हत्याका मुख्य आरोपी किशोरीलाल सोनीलाई पक्राउ परेको ९ महिनामै साधारण तारिखमा छुटाएका थिए । ठूलो आर्थिक लेनदेनमा ५ जनाको सामूहिक हत्या गरेका किशोरीलाल सोनीलाई हमालले नै ज्वाई राणा प्रधानन्यायाधीश भएको बेला २०७६ असार २७ मा सर्वोच्च अदालतबाट साधारण तारिखमा छुटाएका थिए । २०७५ असोज १३ मा प्रहरीले लखनउबाट पक्राउ गरी ल्याएका हेमकार परिवार हत्याका मुख्य अपराधी सोनीलाई सर्वोच्च अदालतले २०७६ असार २७ मा फाष्टट्रयाकमा सुनुवाई गर्दै साधारण तारिखमा छाडेको थियो ।
दीपक हेमकारसहित उनको परिवारका ५ जनाको २०६२ साल फागुन ११ गते बाँके नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएको थियो ।
सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुबा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो । उक्त हत्या दीपक हेमकरका ससुरा किशोरीलाल सोनीकै योजनामा भारतबाट कन्ट्याक्ट किलर ल्याएर गरिएको थियो ।
प्रहरी अनुसन्धानकै क्रममा दीपक हेमकारकै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नतामा हत्या गरिएको अनुसन्धानमा खुल्यो । हत्याको पछाडि दीपकको सम्पत्ति लुटपाटको उद्देश्य रहेको थियो । दीपककी श्रीमती दीपा सोनीले नेपालगंजमा रहेको घर र अन्य सम्पत्ति बेचबिखन गरी भारत गइसकेकाले पनि हेमकार परिवारको हत्याका पछाडि सुनचाँदी र अन्य सम्पत्ति लुटपाटको उद्देश्य नै रहेको थियो ।

यस्तो जघन्य हत्यामा संलग्न मुख्य अपराधी सोनीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले अथक मेहनत गरी १३ बर्षपछि २०७५ साल असोज १३ गते भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । सीआइबीले तरकारी बिक्रीकर्ताको भेषमा किशोरीलाल सोनीको रेकी गरी पक्राउ गरेको थियो । प्रहरीलाई पक्राउ गर्नासाथ सोनीले १ करोड भारु घुसको प्रस्ताव गरेका थिए । तर प्रहरीले घुसको पर्वाह नगरी पक्राउ गरी नेपाल ल्यायो । तर सर्वोच्च अदालतले आजन्म कैदको संजाय दिनुपर्नेमा ९ महिनामै साधारण तारिखमा छाडेर प्रहरीको मेहनतमा पानी खन्याइदिएको थियो ।
लखनउ सीतापुरका सोनीलाई सीआइबीले नेपालमा ल्याइसकेपछि जिल्ला अदालत बाँकेले २०७५ साल कात्तिक १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि सोनीले उच्च अदालत दाङम साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउन माग गर्दै निवेदन दिए । उच्च अदालत दाङको नेपालगञ्ज इजलासले २०७५ साल पुस २६ गते जिल्ला अदालत बाँकेको पुर्पक्षमा राख्ने आदेश सदर गर्यो । नेपालगंज उच्च अदालतको आदेशविरुद्ध सोनीले २०७५ चैत ५ गते सर्वोेच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए । जुन मुद्दामा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीले साधारण तारिखमा छाड्ने आदेश दिएका थिए ।
साधारण तारिखमा छुटेपछि सोनी भारततर्फ फरार भए । किशोरीलालले सोनीले ज्वाई दीपक हेमकारसहित उनको परिवारका ५ जनाको बर्बरपूर्वक हत्या गरी दसौं करोड बराबरको सुनचाँदीदेखि नेपालगंजको घरजग्गा समेत बिक्री गरी भारत लगिसकेका थिए । नेपालबाट साधारण तारिखमा छुटकारा पाएमात्रै भारतमा गएपछि केही नहुने भएकाले सोनीका मानिसहरुले गजेन्द्र हमालसँग पटक पटक भेटे । मोलमोलाई भयो । र, अन्ततः ६ करोडमा साधारण तारिखमा रहेर मुद्दा लड्न पाउनेगरी सोनीलाई सर्वोच्चले छाड्यो ।
सोनीले दीपक हेमकार परिवारको हत्यामात्र गरेनन्, उनको सबै सम्पत्ति पनि भारत पुर्याइसकेका छन् । यस्ता जघन्य अपराधमा संलग्न सोनीलाई आजन्म कैद संजाय हुनुपर्नेमा हमालले प्रधानन्यायाधीश राणासँग सेटिङ गरी पक्राउ परेको ९ महिनामै साधारण तारिखमा छ्ुटाउन सफल भएको नेपालगंजबासीलाई पनि थाहा छ । सोनीका बिरुद्ध भारतमै व्यक्तिहत्या, हत्याको प्रयास, डाका र चोरीको मुद्दा चलिरहेको छ ।
किशोरीलाल सोनीको फोटो रातोपाटी डटकमबाट साभार गरिएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend