Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबर्जस्ती करणीपछि ‘रक्तश्राव’ हुँदा युवतीको मृत्यु, आफन्तसहित ९ जना पक्राउ


    शुक्रबार, असोज २२ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पार्सा । भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको छ । पर्सा जगरनाथपुर-१ का ३५ वर्षीय जफिर मियाँले  जबरजस्ती गर्दा  उनको रक्तस्राव भएर मृत्यु भएको सूचना आएपछि प्रहरीले दाहसंस्कार स्थलबाट शव बरामद गरेको हो ।

    पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार शव गाड्नका लागि खाल्डो समेत खनिसकिएको अवस्थामा बिहीबार अपराह्न शव वीरगञ्ज-१२ मुर्ली कब्रस्थानबाट बरामद गरिएको हो । 

    ‘शव गाड्ने क्रममा बरामद गरी अनुसन्धानका लागि शव नारायणी प्रादेशिक अस्पतालमा पठाइएको छ,’ खनालले भने । पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको उनले बताए । शव गाड्ने तयारीमा रहेका किशोरीका आफन्तसहित ९ जनालाई पक्राउ गरेकाे छ ।

    ती युवती पर्सा-१३ मा दिदी-भिनाजूको घरमा केही दिनयता बस्दै आएकी उनी उपचारका लागि वीरगञ्ज आएकी थिइन् । 

    युवतीको घाँटी तथा शरीरका अन्य भागमा निलडाम देखिएको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार