Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जोशीलाई स्वागत गर्दै नेपालले भने- अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ


    बिहिबार, असोज २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीकाे साथ छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    विहीबार जोशीलाई पार्टीमा स्वागत गर्दै  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् ।

    ओली सुध्रिदैनन् भन्ने कुरा आफूलाई पहिले जानकारी भएकाे बताउँदै उनले भने, हामी पहिलेदेखि नै यो निष्कर्षमा पुगिरहेकै थियौं- केपी ओलीलाई सुधार्न सकिँदैन ।’

    ‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ । अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्नमात्रै बाँकी छ ।

    ओलीमा चरम व्यक्तिवाद विद्यमान रहेको आरोप लगाउँदै वैचारिक विचलन पनि आएको टिप्पणी गरे । ‘उनमा निरंकुश शैली विद्यमान रहेको र सबै हिसाबले वैचारिक विचलनको दिसामा अगाडि बढीसकेका छन् ।’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार