काठमाडाैं । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले घरबाट हाम फालेर आत्महत्या गरेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतका अनुसार बिहीबार बिहान ७ बजेर १० मिनेटमा उनले काठमाडौं महानगरपालिका–४ स्थित गौतम अग्रवालको निर्माणाधीन घरबाट हाम फालेका हुन् ।
त्यस क्रममा घटनास्थलमै उनको मृत्यु भएको एसपी बस्नेतले बताए ।
परिवारलाई उद्धृत गर्दै प्रहरीले चतुर्वेदी डिप्रेसनको शिकार रहेको दाबी गरेको छ । तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन । पोस्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ ।