काठमाडाैं । नेपाली सेनाले दशैं विदामा घर फर्किने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस र हवाइ जहाजबाट निःशुल्क पुर्याई दिने भएको छ ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेल असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्याउन लागेको हाे ।
सेनाको कल्याणकारी सुविधाअन्तर्गत घर बिदामा जाने बहालवाला सैनिक र उनीहरुका परिवारलाई सो सुविधा दिन लागिएको हो ।
नेपाली सेनाले दशैंमा आफ्नो गाउँ फर्कन चाहने सैनिकका आश्रित परिवारलाई बस र हेलिकप्टरबाट निःशुल्क रुपमा पठाउन थालेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जंगी अड्डाले सडकको सहज पहुँच नपुगेका डोल्पा र हुम्ला जस्ता जिल्लामा हेलिकप्टरबाट सेनाका आश्रित परिवारलाई घर पठाएको छ ।
अहिलेसम्म हवाई उडानमार्फत ८६ र गाडीबाट ५२० जनालाई गन्तव्यमा लगिएको सैन्य प्रवक्ता पौड्यालले बताए निःशुल्क यातायात सुविधा काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका बाहिरबाट काठमाडौं फर्किन चाहने सैनिक परिवारले प्रयोग गर्ने पाउने छन् ।