Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशमा प्रतिस्थापन विधेयकमार्फत् झण्डै ४१ अर्ब रुपैयाँको बजेट प्रस्तुत


    बुधबार, असोज २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

    प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरका हुन् । यसअघिको सरकारले पनि यही अंकको बजेट ल्याएको थियो ।

    चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११.८२ प्रतिशत विनियोजन गरिएको छ ।

    यस्तो छ- प्रदेशसभामा पेस गरिएको विधेयक 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार