Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा भन्छन्: प्रहरी भनेकाे शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हाे


    बुधबार, असोज २० २०७८
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति गरे । “निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहिनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभइ निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु”, राजधानीमा आज आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले भने।

    विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा सङ्गठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरी फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रधानमन्त्री देउवाले प्रहरीलाई सुझाव दिए । उनले प्रहरी सङ्गठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे ।

    संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अङ्गको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताए । उनले प्रहरीलाई व्यावसायिक सफलताको शुभकामना पनि दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार