Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल मेडिकल कजेलका स्वास्थ्यकर्मीहरू आन्दोलित


    आइतबार, जेष्ठ १८ २०७७
    800
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, १८ जेठ । जोरपाटीस्थित नेपाल मेडिकल कजेलका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।
    अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि आइतबार अस्पताल परिसरभित्र स्वास्थ्यकर्मीहरूले प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन् ।

    अस्पतालका एक डाक्टरका अनुसारगत १४ गते दमका बिरामीको उपचारका क्रममा मृत्यु भएको थियो । तर अहिलेको यस्तो अवस्थामा कोरोनाको परीक्षण गराउने सोचेर कुराकानी भएको थियो। तर उहाँहरूले चिकित्सकमाथि हातपात गर्नुभयो।

     

    उनले त्यसको विरूद्धमा कारबाही गर्न प्रशासनसँग सिसिटिभी फुटेज माग्दा पनि डिलिट गरेको बताए।

    ुहामीले प्रशासनसँग सिसिटिभी फुटेजको मागेका थियौं। हामीलाई भोलि लिन आउन भन्नुभयो,ु उनले भने,‘भोलि भिडिओ हेर्न जाँदा कुटपिट भएको भाग काटिएको पायौं।ु

     

    अस्पतालमा चार दिनदेखि इमर्जेन्सी, फिभर क्लिनिक र आइसोलेसनबाहेक सबै सेवा बन्द छ। त्यस्तै भिडिओ काट्ने व्यक्ति तथा चिकित्सक कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग राखेका छन्।

    यस विषयमा अस्पतालका बोर्ड सदस्यहरूबीच छलफल भइरहेको उनले जानकारी दिए।

    ुआज केहीबेरअघि हामी दुबै पक्षबीच छलफल भएको थियो,ु उनले भने,ुबोर्डका सदस्यहरूबीच छलफल गरेर कुरा गर्छौं भनेका छन्।ु

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार