Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वासको मत लिने मुख्यमन्त्री राउतको तयारी, बैठक अवरुद्ध गर्ने प्रमुख प्रतिपक्षी दलको चेतावनी


    बुधबार, असोज २० २०७८
    950
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनकै लागि बुधबार प्रदेशसभामा अधिवेशन बैठक आह्वान गरिएको छ । 

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने भएका हुन्। 

    यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाउँदै आएका छन् । तर प्रदेश २ का मुख्यमन्त्री राउतले सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

    प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने छन् ।

    प्रदेशसभामा एक सय चार सदस्यीय संख्या प्रदेशसभा सदस्य छन् । प्रदेश २ सरकारको नेतृत्व गर्ने जसपाका ३८, काँग्रेसका १९ र माओवादी केन्द्रका ८ र नेकपा (एकीकृत समाजवादी) का १३ गरी ७८ जना सदस्यको मत मुख्यमन्त्री राउतको पक्षमा छ ।

    तर, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दावी गर्दै आएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार