Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनले कार्यकर्तामा नयाँ ऊर्जा थपेको सहमहामन्त्री डा. महतकाे दाबी


    मंगलबार, असोज १९ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४औँ महाधिवेशनले कार्यकर्तामा अपूर्व उत्साह र ऊर्जा थपेको बताएका छन् ।

    काठमाडौँ क्षेत्र नं ५ र नुवाकोटका वडा तथा पालिका अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा आज आयोजित एक कार्यक्रममा उनले पार्टीको अधिवेशनले कार्यकर्तामा उत्साह र ऊर्जा थपेको बताएका थिए ।

    “यो अधिवेशनको उत्साह र ऊर्जाले आउँदो निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउने सङ्कल्प पूरा गर्न थप प्रेरित गरेको छ”, सहमहामन्त्री डा. महतले भने । सहमहामन्त्री डा. महतले पार्टीका सम्पूर्ण साथीमा देखिएको उत्साहले कांग्रेसलाई वैचारिकरुपमा सवल, सङ्गठित, अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा सङ्कल्प पूरा गर्ने आत्मविश्वास बढाएको बताए ।

    उनले नेपाली कांग्रेस नेपालमा राणाशासनको अन्त्यदेखि पञ्चायत हुँदै आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी भएको स्मरण गर्दै अहिले पनि देशमा लोकतन्त्रलाई बलियो बनाउन नेपाली नागरिकले कांग्रेसको नेतृत्वको सरकार रोजेको बताए ।

    उनले कांग्रेसको १४औँ महाधिवेशनको क्रममा वडा, गाउँ-नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार