Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘रिफ्रेस’ हुन भन्दै राष्ट्रपति माइक्रो चढेर चन्द्रागिरिमा, खानामा सिस्नोको झोल र पोखरेली चामलको भात


    मंगलबार, असोज १९ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट पुगेकी स्राेतले बताएकाे छ ।

    शितल निवास स्रोतका अनुसार छोरीहरुसहित सोमबार दिउँसो दुई बजे हायस माइक्रोबस चढढेर चन्द्रागिरि गएकी उनी राति उतै बसेकी थिइन् ।

    कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको स्राेतले जानकारी दियाे ।

    उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ ।

    शितल निवास स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात खाएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार