काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सानदार जित हाँसिल गरेको छ ।
सोमबार राति दुबईमा भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो ।
चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले ३९ तथा शिम्रन हिटमायरले अविजित २८ रन बनाए ।
चेन्नईका रविन्द्र जडेजा र शार्दुल ठाकुरले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।
दिल्लीका अक्षर पटेलले २ विकेट लिए ।यस जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ ।
दिल्लीले १३ खेलमा २० अंक जोडेको छ ।चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।