Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसईई परीक्षा सर्दैनः शिक्षा मन्त्रालय


    शनिबार, फाल्गुन २४ २०७६
    805
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ फागुन । शिक्षा मन्त्रालयले एसइई परीक्षा पूर्वनिर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति नै जारी गरी निकाली एसईई परीक्षा आउँदो चैत ६ गतेदेखि नै सुरु हुने जनाएको हो ।

     
    मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई उल्लेख गर्दै केही संचारमाध्यम र सामाजिक सञ्जालहरुमा परीक्षा सरेको भन्ने समाचार आएको भन्दै खण्डनसमेत गरेको छ । 

    एसइई परीक्षाका विषयमा कुनै पनि भ्रममा नपर्न मन्त्रालयले अभिभावक र विद्यार्थीहरुमा आग्रह गरेको छ । 
    यसअघि मन्त्रालयले सूचना जारी गर्दै विद्याालयस्तरीय परीक्षा आगामी चैत ५ गते भित्र सक्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार