काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको खेल पुनः सुरु भएको छ । ७ महिना पनि कार्यकाल बाँकी नभएका आइजीपी शैलेश थापा क्षेत्रीलाई राजदूत बनाएर पठाउने र एआइजी हरिबहादुर पाललाई प्रहरीको नेतृत्वमा लैजाने चलखेल भइरहेको स्रोत बताउँछ ।
प्रतिनिधिसभाको चुनाव आगामी फागुनमै पनि हुनसक्ने र वर्तमान आइजीपी थापाबाट आफूअनुकूल निर्णय गराउन नसक्ने भएकाले पनि पालले आफूलाई बनाउन लबिईङ गराउँदैआएका छन् । थापालाई राजदूत बनाउने, नभए प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकारका रुपमा राखेर पाललाई आइजीपी बनाउने खेल सुरु भएको स्रोतको दाबी छ ।
शेरबहादुर देउवाले सत्तामा गएपछि जहिले पनि नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप गर्दैआएका छन् । २०४८ मा तत्कालीन आइजीपी रत्नशमशेर राणालाई हटाएर मोतिलाल बोहरालाई नियुक्त गरे । तत्कालीन आइजीपी राणालाई छोराको विवाहको निम्ताकार्ड बाँडिसकेपछि जबर्जस्ती अपमानपूर्वक हटाएर बोहरालाई आइजीपी बनाएपछि नेपाल प्रहरी राजनीतिकरणको शिकार भयो । त्यसपछि २०७३ मा उनले नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा जयबहादुर चन्दलाई आइजीपी बनाए तर उनले नियुक्ति नलिंदै अदालतम मुद्दा परी विवाद भयो ।
एआइजी पालले लेखापाल सरुवादेखि इन्स्पेक्टर, डीएसपी, एसपीहरुको सरुवामा समेत आइजीपी थापा र गृहमन्त्री बालकृष्ण खाणबीच टसल गराउन सफल भएका छन् । असारमै लेखापाल सरुवाको सूची प्रशासन विभागका एआइजी निरजबहादुर शाहीकोमा बुझाए पनि असोज १७ सम्म सरुवा भएको छैन । जबकि आर्थिक बर्षको सुरुमै असार अन्तिममा लेखापालको सरुवा गरी साउनमा तलव खुवाउने गरी खटाएको कार्यालयमा जाने प्रचलन रहिआएको थियो । एआइजी पालले पैसा उठाएको कुरा गृहमन्त्री खाणलाई लगाएपछि लेखापाल सरुवा रोकिन पुगेको छ ।
एआइजी पालले गृहमन्त्रीसँग आइजीपी थापाको कुरा लाएर शितयुद्ध गराएर उनलाई हटाउनका लागि पृष्ठभूमि तयार गरिसकेका छन । स्रोतका अनुसार एआइजी पालले आफू आइजीपी हुने भन्दै बिमल पोद्दार, तरुण खेम्का, दीपक भट्ट लगायतका ब्यापारीसँग सहयोगका लागि आग्रह गरेका छन् । पोद्दार, पाल र भट्टसहितका ब्यापारीले पाललाई आइजीपी बनाउनका लागि भरपूर सहयोग नै गर्ने आश्वासन दिएका छन् ।
पोद्दार २०७५ मा ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा थुनामा परी धरौटीमा छुटेका हुन् । उनी हुन्डी कारोबारमा पनि संलग्न रहेको बयान सुन छानबिन समितिका संयोजक इश्वर पौडेल र सदस्य बसन्तकुमार लामा र सुदीपराज पाठक रहेको समितिमै बयान दिएका थिए । उनले बयानमा एआइजी हरि पालको नाम समेत खोलेका छन् ।
खेम्का अबैध हुन्डी र डलर कारोबारका डन नै हुन् । यसका अलावा उनी सुनको अवैध कारोबारमा पनि संलग्न रहेका छन् । उनले सुन र डलरबाट अरबौं आर्जन गरिसकेका छन् । खेम्काले अवैध हुन्डी कारोबारबाट अरबौं रुपैयाँ सम्पत्ति आर्जन गरेको उनलाई चिन्नेहरु बताउँछन् । अबैध हुन्डी कारोबारबाट अरबौंपति भएका खेम्काको काठमाडौंको कमलपोखरीमा मात्रै १२ रोपनी जग्गा छ । उनकोे बाफलमा पनि साढे ३ रोपनीमा बंगला छ । दीपक भट्ट प्रहरीमा हतियार लगायतका सामान सप्लायर्स हुन् । यसका अलावा उनी हाइड्रोपावर क्षेत्रमा पनि संलग्न छन् ।
एआइजी पाल आफू आइजीपी भएपछि ३० बर्षे सेवावधिको प्रावधान हटाएर थप कार्यकाल पदमा रहने दाउमा छन् । तर सर्वोच्च अदालतले ऐन बनाएर मात्रै ३० बर्षे सेवावधि हटाउन आदेश दिएको छ । ऐन बनाउन तत्काल सम्भव नभएकाले पनि उनको त्यो उद्देश्य भने पूरा हुने संभावना कम छ ।
शेरबहादुर देउवाले सत्तामा गएपछि जहिले पनि नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप गर्दैआएका छन् । २०४८ मा तत्कालीन आइजीपी रत्नशमशेर राणालाई हटाएर मोतिलाल बोहरालाई नियुक्त गरे । तत्कालीन आइजीपी राणालाई छोराको विवाहको निम्ताकार्ड बाँडिसकेपछि जबर्जस्ती अपमानपूर्वक हटाएर बोहरालाई आइजीपी बनाएपछि नेपाल प्रहरी राजनीतिकरणको शिकार भयो । त्यसपछि २०७३ मा उनले नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा जयबहादुर चन्दलाई आइजीपी बनाए तर उनले नियुक्ति नलिंदै अदालतम मुद्दा परी विवाद भयो ।
प्रहरी अस्पतालका एआइजी डा. दिनेशचन्द्र पोखरेललाई ३ महिनासम्म निमित्त आइजीपी बनाउनुपरेको थियो । त्यतिबेलाका गृहमन्त्री बिमलेन्द्र निधि भने नवराज सिलवाललाई आइजीपी बनाउन चाहन्थे । अहिलेका गृहमन्त्री बालकृष्ण खाण र हरिबहादुर पालबीच घनिष्ट सम्बन्ध रहेकाले आइजीपी थापालाई हटाउन सकिने दाउमा एआइजी पाल छन् । तर आइजीपी हटाउँदा सरकार थप विवादमा पर्ने भएकाले प्रधानमन्त्री देउवाले बढी चासो दिएका छैनन् । तर पालले गृहमन्त्री खाणलाई भने घचघच्याउन छाडेका छैनन् ।