Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ड्रग्स पार्टी केसमा शाहरुख खानका छोरा आर्यनसँग सोधपुछपछि मोवाइल जफत


    आइतबार, असोज १७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्युरोले शनिबार मुम्बइबाट गोवा गइरहेको क्रुज शिपमा ड्रग्स पार्टीको भण्डाफोर गरेको छ ।

    यात्री बनेर पुगेको एनसीबीको टिमले यहाँ छापा मारेर ८ जनालाई गिरफ्तार गरेको छ । बलिउड, फेशन र व्यवसायिक क्षेत्रका चर्चित व्यक्तिहरु पक्राउ परेका छन् । यस मामिलामा शाहरुख खानका छोरा आर्यन खान पनि तानिएका छन् ।

    एनसीबीले एक बयान जारी गर्दै २ अक्टोबरमा कार्डेलिया क्रुज शिपमा छापा मारेर त्यहाँ भएका सबै व्यक्तिहरुको तलाशी लिइएको बताएको छ ।

    यस क्रममा एनसीबीले एमडिएमए, कोकिन, एमडी र चरेसजस्ता लागूऔषध बरामद गरेको छ । यस मामिलामा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको छ जसमध्ये २ जना महिला छन् । एनसीबीले यस मामिलामा केस दर्ता गरेर जाँच सुरु गरेको छ ।

    यस मामिलामा शाहरुख खानका छोरा आर्यन खानसँग पछि एनसीबीले सोधपुछ गरेको छ । एनसीबीले क्रुजभित्र चलिरहेको पार्टीको एउटा भिडियो प्राप्त गरेको छ जसमा आर्यन देखिएका छन् । सोधपुछमा आर्यनले आफूलाई पार्टीमा पाहुनाको रुपमा बोलाइएको बताएका छन् । उनले पार्टीमा सहभागी हुन आफूले पैसा नदिएको बताएका छन् । आर्यनले आयोजकले आफ्नो नाम प्रयोग गरेर मानिसहरुलाई पार्टीमा बोलाएको दावी गरेका छन् । एनसीबीले आर्यनको फोन जफत गरेको छ । उनको च्याटको जाँच भइरहेको छ ।

    यो मामिलामा ६ आयोजकहरुलाई समन जारी गरिएको छ । उनीहरुलाई आज सोधपुछको लागि बोलाइएको छ । फेशन टिभी इण्डियाका एमडी काशिफ खानलाई पनि बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार