Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यिनै हुन् आरजु र ओलीको शक्ति भिडाउने दुई इन्स्पेक्टर


    शनिबार, असोज १६ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका सरुवा बढुवामा बालुवाटारको हस्तक्षेपले गर्दा गृहमन्त्री बालकृष्ण खाण पनि हैरान भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा.आरजु राणासम्म पहुँच पुर्याएर बाँके ट्राफिकमा काजसरुवा भएका इन्स्पेक्टर ऐनबहादुर मल्लका कारण प्रहरीभित्रै हल्लीखल्ली भयो ।

    कुरा गृहमन्त्री खाणसम्म पुगेपछि उनको काजसरुवा रद्द हुन पुगेको छ । कास्की ट्राफिकदेखि नेपालगंज वडा प्रहरी कार्यालयसहित ६ ठाउँमा इन्चार्ज भइसकेका इन्स्पेक्टर ऐनबहादुर मल्लको बाँके ट्राफिक प्रमुखमा काजसरुवा भएपछि प्रहरीभित्र उनको शक्तिका बारेमा ब्यापक चर्चा भयो । 

    मल्लसँगैका नेपाल प्रहरीका कतिपय इन्स्पेक्टरले मुस्किलले एउटा इन्चार्ज पाएका छन् । तर मल्लले ६ वटा इन्चार्ज पाइसकेको गुनासोपछि उनको काजसरुवा बालुवाटारले नै भने पनि रोकिएको छ ।

    मल्लको  काजसरुवा निस्किएर विवादका कारण रद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर राजु भण्डारी पनि उत्तिकै पहुँचवाला मानिन्छन् ।  उनी केपी ओली प्रधानमन्त्री हुँदा बालुवाटारकै पावरले बाँके ट्राफिकको इन्चार्ज भएका थिए । बाँके ट्राफिक अतिरिक्त कमाइ हुनेमध्येको आकर्षक भएकाले त्यहाँ थमौती हुनका लागि भण्डारीले पनि मल्ल रोक्न भूमिका खेलेको चर्चा प्रहरीमा छ ।  बाँके ट्राफिकका भण्डारीले  मासिक १२ लाख घुस उठाएको आरोप पनि लाग्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार