Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोर्चुगल पठाईदिन्छु भन्दै लाखौं रूपैयाँ ठगी गर्ने शंकर लामा पक्राउ


    शुक्रबार, असोज १५ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पोर्चुगल पठाईदिन्छु भन्दै लाखौं रूपैयाँ ठगी गर्ने शंकर लामा पक्राउ पेका छन् ।  उदयपुर जिल्ला त्रियुगा नगरपालिका  वार्ड नम्बर – ८  घर भई हाल भक्तपुर सल्लाघारी बस्ने बर्ष ३३ का  शंकर लामा पक्राउ परेका हुन् ।

    काठमाडौंको गौशाला स्थित  नेपाल लाईफ रिक्रुमेण्ट एजेन्सी प्रा.लि. का सञ्चालक समेत रहेका  लामाले जिल्ला काभ्रे बेथानचोक गाँउपालिका – ६ बस्ने आशिष थापालाई वैदेशिक पोर्चुलग पठाई एग्रिकल्चरमा काम लगाई दिन्छु भनेर एनआइसी एसिया बैकबाट रु. ४,००,०८०   प्रदिप श्रेष्ठको नामको ग्लोबल बैंक र सिद्धार्थ बैंकको खातामा ट्रान्सफर गरी  ठगी गरेको खुल्न आएको छ ।

    लामाले  आशिष थापाको सक्कल राहदानी, नागरिकता, फोटो, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट समेत लिएका थिए । निज लामालाई अपराध अनुसनधान  महाशाखाबाट खटिएको टोलीले हिजो  दिउँसो  काठमाण्डौ  महानगरपालिका वडा नं. ३१ नयाँबानेश्चरबाट पक्राउ गरेको  हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार