Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जेनेभामा ग्रेटर नेपालको समर्थनमा प्रदर्शन


    शुक्रबार, असोज १५ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्विटजरल्यान्डको जेनेभामा  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरूले ग्रेटर नेपालको ब्यानरमा प्रदर्शन गरेका छन् ।

    हामी उपनिवेशबाट स्वतन्त्रता चाहन्छौँ भन्दै उनीहरूले संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ४८ औं सत्र चलिरहेको अवसरमा जेनेभाको Broken Chair मा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेकाे बताएका छन्।

    ग्रेटर नेपालको माग गर्नुका साथै कालापानीबाट इन्डियाली सेना हटाउन पनि उनीहरूले माग गरेका छन् ।

    विगत लामो समयदेखि ग्रेटर नेपालको आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ग्रेटर नेपालको आवाजको विस्तारको प्रयास गर्दै आइरहेको छ ।

    जेनेभाको मानवअधिकार परिषद् भवनअगाडिको ब्रोकेन चेयर आफ्नो मागप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न विरोध प्रदर्शन गर्ने स्थलका रूपमा चर्चित रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार