Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तर कोरियाले गर्‍यो एक महिनामा चौथो आणविक परीक्षण


    शुक्रबार, असोज १५ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तरको यो एक महिनामा चौथो आणविक परीक्षण हो ।

    हाइपरसोनिक मिसाईल परीक्षण गरेको तीनदिनपछि दिनपछि उत्तरले शुक्रबार फेरि अर्को मिसाईल परीक्षण गरेको हो । उसले परीक्षण गरेको हाइपरसोनिक मिसाईलको वेग आवाजभन्दा पाँच गुणा छिटो बताइन्छ ।

    शुक्रबार परीक्षण गरिएको नयाँ एन्टि–एयरक्राफ्ट मिसाईलमा नयाँ प्रविधि समेटिएको र बिरोधीको लडाकु विमानलाई सजिलै निशाना बनाउने दाबी गरिएको छ । 

    कोरियाले आफ्नो आणविक होड र घातक हतियारको विकासलाई नरोक्न चाहेको उसका पछिल्ला परीक्षणले देखाएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयोङमाथि प्रतिवन्ध लगाएको छ । 

    उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिणसँगको वार्ताका लागि हटलाईन टेलिफोन सेवा सुरु गर्ने घोषणा गरेको भोलिपल्ट उत्तरले आणविक परीक्षण गरेको हो । 

    उत्तरको शृंखलाबद्ध परीक्षणले कोरियाली प्रायद्वीपमा अस्थिरता र असुरक्षा निम्त्याएको अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले बताए। तर, उत्तरले आफ्नो सुरक्षाका लागि यस्ता हतियार परीक्षण गरेको बताउँदै अमेरिका र दक्षिण कोरियाले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार