Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बन्द कोठाभित्र युवतीको रहस्यमय मृत्यु, श्रीमान पनि गण्डकीमा हाम फाल्छु भन्दै निस्केर हिँडे


    शुक्रबार, असोज १५ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । पोखरामा एक युवती मृताबस्थामा भेटिएकी छिन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–१ बस्केनाकी १८ वर्षीया निरुता शाह आफ्नै कोठामा मृत भेटिएकी हुन्।

    बन्द कोठाबाट दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले युवतीको पहिचान खुलाएको हो। प्रहरीले ताला फोरेर हेर्दा किशोरीको शव खाटमा लडिरहेको अवस्थामा भेटिएको थियो।

    प्रहरीका अनुसार शव छेउमा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट फेला परेको थियो । चिटमा गणेशले आफू ठेकेदारकोमा काम गरेको पैसा मागेर फर्किंदा श्रीमती कोठाभित्रै झुन्डिरहेको अवस्थामा फेला परेको कुरा जानकारी गराएका छन्।

    ‘उनकै लागि घरपरिवार त्यागेर आएँ । उनले मलाई छाडेर गइन्। म पनि बाँचेर अर्थ छैन। म गण्डकीमा हाम फाल्छु। लास भेटियो भने हामी दुवैलाई सँगै जलाइदिनू,’ चिटमा लेखिएको भनाइ उधृत गर्दै प्रहरी स्रोतले भन्यो। 

    निरुता र गणेश उक्त कोठामा भाडामा बस्दै आएका थिए। निरुताको परिवारले भने उनको आत्महत्या नभई हत्या नै भएको दाबी गरेको छ। तर, प्रहरीले भने पोस्टमार्टम रिपोर्टपछि मात्रै हत्या वा आत्महत्या भन्ने खुल्ने बताएको छ। हाल निरुताको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार