Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डलाई रक्तपिपासुको संज्ञा दिंदै सूर्य थापाले भने- असफलतामा राेज्ने बाटाे आत्महत्या नै हो


    शुक्रबार, असोज १५ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन् । 

    भक्कानिदै प्रचण्डले आफूलाई आत्महत्या गर्ने सोच आएको बताएको भोलिपल्ट थापाले हिटलरले पनि आत्महत्या नै गरेका थिए भन्दै कटाक्ष गरेका हुन्।

    यस्तै नेता थापाले हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्काे हुनै नसक्ने जिकिर पनि गरेका छन्।

    सामाजिक संजालमा थापाले लेखेका छन्, ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेकाे थियाे ! हारेकाे जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी, तानाशाह र रक्तपिपासुले असफलतामा राेज्ने बाटाे अन्तत: आत्महत्या बाहेक अर्काे हुनै सक्दैन । पुष्पकमल दाहालले युवाहरूलाई आत्ममहत्या गर्न सार्वजनिक रूपमा नै दुरूत्साहन गरेकाे भाषण निराशा र कुण्ठाकाे स्वभाविक अभिव्यक्ति हाे।’

    बिहीबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले प्रतिनिधिसभा विघटनपछि लड्ने कि मर्ने ’आत्महत्या’को सोच आएको बताएका थिए।

    भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले आफू मर्ने कि लड्ने अवस्थामा पुगेको बताए। त्यसैगरी आफ्नो पनि झण्डै आत्मसमर्पण गरी आत्महत्या गर्नुपर्ने वा लड्नुपर्ने विकल्प रहेको बताएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार