Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको बिधान महाधिवेशनः प्रतिनिधिहरु गोदावरीमा जम्मा हुँदै


    शुक्रबार, असोज १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदैछ । विधान महाधिवेशनका लागि प्रतिनिधिहरु गोदावरीमा जम्मा हुने क्रम चलिरहेको छ। 

    करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने भनिएको यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।

    विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ। 

    विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    उद्घाटन सत्रपछि महाधिवशेनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

    एमालेले महाधिवेशनको व्यवस्थापनलाई चुस्त दुरुस्त गर्न पार्टी केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक रहेको मूल व्यवस्थापन समिति गठन गरेको छ । व्यवस्थापन समितिको सचिव शेरबहादुर तामाङ र सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार