Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आज असोज १५ गते शुक्रबारको राशिफल


    शुक्रबार, असोज १५ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज असोज १५ गते शुक्रबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लाभदायक यात्रा पनि हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखिपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

    मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार