Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नबिल बैंक लगातार दोस्रो पटक एडिबीको ‘नेपालमा लिडिङ पार्टनर’ अवार्डबाट सम्मानित


    बिहिबार, असोज १४ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम((टिएससिएफपी)द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ ।सोही अवार्ड नबिल बैंकले गत वर्ष पनि प्राप्त गर्न सफल भएको थियो ।

    एशियाली विकास बैंकको (टिएससिएफपी) द्वारा व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ । 

    एशियाली विकास बैंक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टिएससिएफपिसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

    सन् १९८४ देखि  नबिल बैंकले आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार