काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले उत्कृष्ट जित निकालेको छ ।
बुधबार राति दुबईमा भएको खेलमा बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।
राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेंगलोरले १७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि ग्लेन म्याक्स्वेलले नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए ।
राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
राजस्थानका लागि इभिन लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
बेंगलोरका हर्सल पटेलले ३ तथा युजभेन्द्र चाहल र शाहबाज अहमेदले २/२ विकेट लिए ।
जितसँगै बेंगलोर ११ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।पराजित राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।