Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसुरमा १० लाख ६५ हजार जरिवाना तोकिएका व्यक्ति कपनबाट पक्राउ


    मंगलबार, असोज १२ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई आज पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २८ को फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख ६५ हजार ९०० जरिवनापछि फरार रहेका खत्रीलाई पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेका खत्रीले आफ्नो ग्लोबल आइएमई बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

    पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार