Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना संक्रमितभन्दा निको हुनेको संख्या बढी, थप १२ जनाको मृत्यु


    मंगलबार, असोज १२ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा थप एक हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार तीन जनाको कोरोना परीक्षण गर्दा एक हजार १५८ जना संक्रमित थपिएका हुन् ।

    ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

    नेपालमा हाल १८ हजार ४२२  जना सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

    एक हजार तीन सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.३ प्रतिशत छ ।

    त्यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार