Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनले नेपाली भूमि मिचेको भन्दै युवा संघद्वारा विरोध प्रदर्शन


    मंगलबार, असोज १२ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

    हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नवर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड देखाएर संघले बिरोध प्रदर्शन गरेको हो।

    त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

    लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार