Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?


    मंगलबार, असोज १२ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै घटेको हो ।   
     
    सोमबार प्रतितोला ८९ हजार ३ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८९ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
     
    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । चाँदीको मूल्य आज घटेर तोलाको ११ सय ५५ रुपैयामा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार