Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई १ अर्ब घाटा पुर्याउने चुडामणिसँग विशेष अदालतले माग्याे ५० लाख धरौटी


    सोमबार, असोज ११ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

    आज (सोमबार )विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हाे ।

    कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्‍याई बदनियतपूर्ण काम गरेको स–प्रमाण पुष्टि भएको अख्तियारको दावी छ ।

    करदाताहरूको विभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारको भनाइ छ । 

    स्राेतका अनुसार शर्माले धरौटी रकम बुझाउने तयारी गरेका छन् ।

    हेर्नुहोस् आदेश

    1-12.jpg2-10.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार