Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्दियामा बाघ आंतक: व्यवसायीक फर्मभित्र पसेर २१ बाख्रा मार्‍यो


    सोमबार, असोज ११ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ ।

    व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । 

    फर्म सञ्चालक पौडेलका अनुसार वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको छ ।

    खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार