काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा आज दुई खेलहरु हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारिवर्स भिड्ने छन् । काठमाडौं र विराटनगरबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन्।