Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभिषेक चौधरी हत्‍या प्रकरण: थप दुईजना पक्राउ


    आइतबार, असोज १० २०७८
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ ।

    मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई  पक्राउ गरेको हो ।

    १५ जनाको समूहमा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छुरा हानेपछि घाइते भएका चौधरीको सोही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको थियो भने सुशन उपचारपछि निको भएर डिस्चार्ज भए थिए

    घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्राउ परिसकेका थिए ।

    हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । यसअघि पक्राउ परेका ३ जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन् । अदालतले निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । राकेश, हेमराज र योगेशलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

    घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार