Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा


    आइतबार, असोज १० २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न दशौं महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

    ‘पद्धति र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्राथमिकता हो । अहिले नेतृत्वमा रहेका केही साथीहरूले व्यक्तिगत रूपमा संस्था चलाउन खोज्दा आर्थिक अनियमितता भएका समाचारहरू आएका छन् र संस्थाको छवि बिग्रिएको छ । आफ्नो कार्यकालमा म व्यक्तिगत स्वार्थ हावी हुन दिने छैन र संस्थाको छवि सुधार्नेछु,’ उनले भने ।

    आफु विजयी भएमा एनआरएनएको सदस्य संख्या बढाएर ५ लाख पुर्याउने, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोगेका समस्या समाधान गर्ने, विदेशको जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन संस्थागत पहल गर्ने, सातवटै प्रदेशमा सीपमुलक केन्द्र स्थापना गर्दै स्वरोजगारको वातावरण बनाउने लगायतका घोषणा आचार्यले गरे ।

    उनी नवौं महाधिवेशनमा अध्यक्ष पदमा कुमार पन्तसँग पराजित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार